काठमाडौँ, जेठ ४ गते । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । आज शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेकाले दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको हो ।

दलहरूबिच बैठक सुचारु गर्ने विषयमा सहमतिको प्रयास नसकिएका कारण सुरु बैठक बस्न विलम्ब भएको हो ।
सङ्घीय संसद् सचिवालयले एक सुचना टाँसेर प्रतिनिधिसभाको बैठक दिउँसो २ बजे बस्ने जनाएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको हो ।