काठमाडौँ, जेठ ३ गते । सङ्घीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक अपराह्न ४:३० बजेका लागि सारिएको छ । आज बिहीबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४:३० बजेका लागि सारिएको हो ।

संसद सचिवालयका अनुसार १:३० बजे निर्धारण गरिएको राष्ट्रियसभा बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसकेको जनाएको छ ।