धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त पाउनुभएको छ । आज बिहीबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले जम्मा २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्राप्त गर्नुभएको छ । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेस र नागरिक उन्मुक्तिको कडा विरोधका बीच सभामुख भण्डारीले मत विभाजनको प्रक्रिया अगाडि बढाउनुभएको थियो ।

मत विभाजन हुँदा एमालेका ११, माओवादीका १० (सभामुख बाहेक), नाउपाको २, समाजवादीको ४ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री सोडारीलाई विश्वासको दिनुभएको थियो ।

पहिलो चरणमा बैठक प्रारम्भ हुने बित्तिकै सभामुखले संसदको काम कारबाही अगाडि बढाउने प्रयास गरेका थिए तर प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै बैठक अवरोध गरेका थिए । विपक्षी दलबाट अवरोध भएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

दोस्रोपटक सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आदेश दिएपछि काङ्ग्रेस र नाउपाका सांसदहरूले बेल घेराउ गर्दै सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।