काठमाडौँ, जेठ ३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सदनमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ । आज बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन काङ्ग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई एसएमएस मार्फत निर्देशन दिएको हो ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएता पनि सभामुख देवराज घिमिरेले सदन सहज ढङ्गले सुचारु गर्नका लागि दलका प्रमुख सचेतकसँग छलफल गरिरहनुभएकाले बैठक अझै सुरु भएको छैन । आजको बैठकको कार्यसूचीमा गृहमन्त्री रवि लामिछानेले संसदमा जवाफ दिने कार्यतालिका रहेको छ ।