काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को चुनावपछि मुलुकले नयाँ मोड लिने बताउनुभएको छ । आज बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औँ स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी दिशातर्फ अग्रसर हुने जिकिर गर्नुभएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ । त्यसकारण हामीले मिसन ०८४ भनेका छौँ, त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ ।’