काठमाडौँ, जेठ ३ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज बिहिबार दिउँसो १ः१५ बजे बस्ने भएको हो ।

आज बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूची रहेको छ ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वमत २०८१ साल जेठ १ गते राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्नुहुने कार्यसूची रहेको छ ।


सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभा समक्ष पेस गर्नुहुनेछ ।


त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।
त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन), २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।