फाइल तस्वीर
काठमाडौँ, जेठ २ गते । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पदाधिकारीको सङ्ख्या बढाउने भएको छ । आज मङ्गलबार बसेको पार्टी बैठकमा महासचिव डा. बेदुराम भुसालले पार्टीको पदाधिकारी २१ सदस्यीय बनाउन प्रस्ताव गर्नुभए हो ।

नेता भुसालले वरिष्ठ नेता सहित जम्बो पदाधिकारी बनाउन गरिएको प्रस्ताव अनुसार सात जना उपाध्यक्ष, चार जना उपमहासचिव र सात जना सचिव हुनेछन् ।

उक्त पार्टीमा अहिले तीन जना उपमहासचिव छन् । अब एक जना थपगरी चार जना उपमहासचिव बनाउन लागिएको हो । यसका लागि पार्टीको विधान संशोधन गरेर एक जना उपमहासचिव थप गर्ने प्रस्ताव गरिएको छ ।

यसरी अध्यक्ष र महासचिव जोड्दा २१ सदस्य हुनेछ । अहिले अभ्यासमा रहेको सम्मानित नेताको व्यवस्था भने हटाइएको छ । नेकपा एमालेबाट अलग भएर पार्टी बन्दा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेताको पद दिइएको छ ।

आजको बैठकले केन्द्रीय समितिको सङ्ख्या घटाउन प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीमा अहिले साढे तीन सय हाराहारीमा केन्द्रीय सदस्य छन् ।

संशोधित विधान बमोजिम एक सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरिएको छ भने स्थायी कमिटी २५ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।