प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसद्वारा संसदमा नाराबाजी ।
काठमाडौँ जेठ १ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रनिधिसभाको बैठक अवरुद्ध गरेको छ । गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानविनका लागि संसदीय समिति गठनको माग गर्दै काङ्ग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

आज मङ्गलबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पेश गर्नुभएपछिको दोस्रो बैठक बसेलगतै काङ्ग्रेसले सदन अवरुद्ध गरेको हो ।

सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिन प्रतिनिधिसभाको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै काङ्ग्रेसका सांसदहरुले वेल घेराउ गर्दै संसद बैठक अवरुद्ध गर्नुभएको थियो । सभामुखले अधिवेशन प्रारम्भ भएदेखि पेश गर्नुपर्ने पत्रहरु पेश गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने कार्यसूची रहेको थियो ।

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सांसदहरुले संसदीय छानविन समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउन गरेपछि आजको बैठक स्थागित हुन पुगेको छ । संसदको अर्को बैठक पर्सी बिहीबारका लागि तोकिएको संसद सचिवालयले जनाएको छ ।