काठमाडौँ, जेठ १ गते । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले सङ्घीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । आज बिहान संहदरबारमा बसेको काङ्ग्रेस संसदीय दलको बैठकले संसद्मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार संसद्मा लगातार अवरोध गर्दै आएको काङ्ग्रेसले सिंहदरबारमा जारी संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको जानकारी दिनुभयो ।

सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको काङ्ग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको बताएको छ ।