काठमाडौँ, जेठ १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताबिचको छलफल सकिएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदन अवरुद्ध नगर्न र नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन अनुरोध गर्नुभएको हो ।

बैठक संसद् अवरुद्ध खुलाउने विषयमा केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई आज संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगर्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले समस्या समाधानका लागि पूरै कोसिस गरिरहेको र आफू समस्या समाधानतर्फ नै उन्मुख रहेको बताउनुभयो । उहाँले भन्नुभयो–तपाईँहरूले सहयोग गर्नुप¥यो, आज राष्ट्रपतिबाट नीति तथा कार्यक्रम सम्बोधन हुने तयारी छ । राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगरीदिनुस् । प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णयमा पुग्ने काङ्ग्रेसका प्रमुख सचेतक लेखकले बताउनुभयो ।

यस विषयमा अहिले बिहान बस्ने संसदीय दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।