काठमाडौँ, वैशाख ३१ गते । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मन्त्री बन्नुभएका मन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सोमबार जसपाबाट सरकारमा सहभागी हुनुभएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गर्नुभएको हो ।

नवनियुक्त मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले र राज्यमन्त्री खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्री यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ भने खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एकजना मन्त्री र एक राज्यमन्त्री थपिनुभएको हो ।