राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।


काठमाडौँ, वैशाख ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्नुभएको छ । महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीचमा भेटघाट भएको हो ।

राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच देशको वर्तमान समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

आज भएको भेटमा सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा समेत छलफल भएको बताइएको छ ।