फाइल तस्वीर

काठमाडौँ, वैशाख २८ गते । नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने संसदीय दलको बैठकले आज देखि सुरु हुने संसद्को बजेट अधिवेशनमा खेल्ने भूमिकाबारे छलफल गर्ने बताइएको छ ।

काङ्ग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।

यसअघि हिजो बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहनुभएका काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।