काठमाडौँ, वैशाख २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार यही वैशाख ३१ र जेठ १ गते बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो ।

उहाँका अनुसार हिजो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा पार्टीको आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा गर्ने भनिएको महाधिवेशनको तयारीलाई तीव्रता दिने र तोकिएको मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो ।