फाइल तस्वीरः काङ्ग्रेस संसदीय दलको बैठक ।


काठमाडौँ, वैशाख २७ गतेः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहीबार दिउँसो २ बजे काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

आजको बैठकमा भोलि २८ गते शुक्रबारबाट सुरु हुने बजेट अधिवेशनलगायत समसामयिक विषयहरुलाई संसदमा कसरी सशक्त रुपमा उठाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको हिजो बुधकार बसेको पार्टीका वर्तमान र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री रवि लामिछानेले संसद‍्मा बोल्न पाउँ भनी दिनुभएको निवेदनका बारे छलफल भएको र उक्त विषयमा आज बस्ने संसदीय दलको बैठकले आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै छानविन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । सरकारलृे छानविन समिति गठन नगरे काङ्ग्रेसले भोलिदेखि सुरुहुने संसद्को बजेट अधिवेशन अवरुद्ध गर्ने चेतावनी दिदै आएको छ ।