दाँतको उपचारका क्रममा वीर अस्पतालमा प्रधानमन्त्री प्रचण्ड ।
काठमाडौँ, वैशाख २६ गतेः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतमा समस्या देखिए पछि उपचारका लागि आज वीर अस्पताल पुग्नुभएको छ ।

आज बिहानदेखि दाँत दुखेपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

वीर अस्पतालमा दन्त चिकित्सक डा. रितु श्रेष्ठ नेतृत्वको चिकित्सकको समूहले प्रधानमन्त्री प्रचण्डको दाँतको परीक्षण र उपचार गरेको थियो ।