फाइल तस्वीर

काठमाडौँ, वैशाख २५ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल आकस्मिक बिरामी पर्नुभएको छ । उहाँलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ । आज मङ्गलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा रामेछाप जाँदै गर्दा मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ बन्नुभएको हो ।

उहाँलाई स्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउन लागिएको बताइएको छ ।उहाँको सचिवालयका अनुसार अक्सिजनको मात्रा कम भएर स्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्री जम्कट्टेललाई काठमाडौँ ल्याउन लागिएको हो ।