फाइल तस्वीर
काठमाडौँ, वैशाख २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक आज मङ्गलबार बिहान ८:३० बजेदेखि सुरु भएको हो ।

सहमहामन्त्री मनीष झाका अनुसार बैठकमा यही वैशाख २८ गतेदेखि सुरु हुने संसद्को बजेट अधिवेशन, सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा र देशको समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ ।

संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेमाथि छानबिनको लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारीमा देखिएको समग्र सङ्कटमा छानबिन गर्ने गरी समिति बनाउने पक्षमा संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिनुभएको छ । यस विषयमा पनि रास्वपा बैठकमा छलफल हुने बताइएको छ ।