काठमाडौँ, वैशाख २४ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक जारी छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा जारी रहेको हो ।

यही वैशाख २८ गतेदेखि सुरूहुने सङ्घीय संसदको अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा यही वैशाख २८ गतेदेखि सुरूहुने बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भीक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।”