काठमाडौँ, वैशाख २४ गते । बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको हो ।

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाका रुपमा लागू हुने भएका छन् । आज सोमबार काठमाडौँको वसन्तपुरमा विशेष समारोहकाबिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो । तर बागमती प्रदेश सरकारले बिदा दिए पनि काठमाडौँ उपत्यकाका सङ्घीय सरकारमातहतका कार्यालयमा भने आज बिदा नहुने भएको छ ।