काठमाडौँ, वैशाख २१ गते । सामुदायिक वनमा विगत केही दिनदेखि वन डढेलोका कारण धनजनको क्षति भएको र हजारौँ घरपरिवार विस्थापित भएको घटनाप्रति राष्ट्रिय दलित नेटवर्कले सरकारसमक्ष ध्यानाकर्षण गराएको छ । नेटर्वकले विज्ञप्ति जारी गर्दै प्रकोप हुनु पूर्वतयारी गर्नुपर्ने निकायको कमजोरीका कारण घटना घटेको जनाएको छ ।

त्यस्ता जोखिमपूर्ण क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी तत्काल उद्धार तथा राहतको काम थालनी गर्न नेटवर्कले अुनरोध गरेको छ । साथै आगलागीपीडितलाई पुनःस्थापना गर्न तीनै तहको सरकारलाई ध्यानाकर्षणपत्रमा उल्लेख गरेको छ ।