काठमाडौँ, वैशाख १६ गते । आजदेखि काठमाडौँमा सुरु भएको लगानी सम्मेलन र इलाम र बझाङमा सम्पन्न उपनिर्वाचनको ‘अपडेट’सम्बन्धी समाचार र तस्बिरहरू राष्ट्रिय समाचार समितिबाट सबै सञ्चारकर्मीलाई उपलब्ध हुने भएको छ ।


यससम्बन्धी समाचार र तस्बिर लिन चाहने सञ्चारमाध्यमहरूले राससको समाचार वेबसाइट rssnepal.org.np मा लग इन गरी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ । यसका लागि username;\ rss1 / password;\ rss  प्रयोग गर्न सकिने छ । यो सेवा आजदेखि आगामी मङ्गलबारसम्म उपलब्ध हुनेछ ।