धनगढी, वैशाख ६ गतेः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले केहीबेर अघिमात्रै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री सोडारीले आजै शपथ लिनुहुने कार्यक्रम रहेको छ ।