फाइल तस्वीर
काठमाडौँ वैशाख ५ गतेः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णय गरेको हो ।

पार्टी आज बसेको सचिवालयको बैठकले सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णय भएको उपमहासचिव एवं प्रवक्ता जगन्नथ खतिवडाले जानकारी दिनुभयो । आज बसेको पार्टीको सचिवालय बैठकमा आगामी १० औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल भइरहेको छ ।