फाइल तस्वीर
काठमाडौँ, वैशाख ४ गतेः नेपाल प्रहरीमा यसै साता रिक्त हुने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई बढुवा गर्न गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको छ । बढुवा समितिले डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक द्वय सन्दीप भण्डारी आज ४ गते मङ्गलबारदेखि र मिरा चौधरी पर्सी ६ गते बिहीबारदेखि सेवा निवृत्त हुनलाग्नुभएकाले रिक्त हुने एआईजीमा डीआईजी जोशी र ढकाललाई बढुवा गर्न सिफारिस भएको हो । गृह मन्त्रालयको बढुवा समितिले उहाँहरुको बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने छ र मन्त्रिपरिषद्ले बढुवाको निर्णय गर्नेछ ।

435222780_392211036952575_5607926965739157808_n