काठमाडौँ, वैशाख ३ गतेः साताको दोस्रो दिन आज सोमबार स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला सात सयले वृद्धि भई एक लाख ३७ हजार पाँच सय निर्धारण भएको छ । शुक्रबारको तुलनामा आइतबार दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन आज भने पुनः उकालो लागेको हो ।

यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला एक हजार सात सय कारोबार भएको चाँदीको मूल्य आज एक हजार सात सय १५ निर्धारण भएको छ ।