फाइल तस्वीर
काठमाडौँ — देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको रिक्त रेक्टर पदमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त हुनुभएको छ । त्रिविका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले त्रिविविका कुलपति समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सिफारिस गरिएको नामबाटै त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा व्यक्तिलाई कुलपति एवम् प्रधानमन्त्रीले नियुक्ति गर्नुपर्ने व्यवस्था अनुरुप उहाँहरुलाई आज तत् तत् पदमा नियुक्त गरिएको हो ।

त्रिविविका उपकुलपति केशरजङ्गको सिफारिसमा रजिष्ट्रारमा नियुक्त हुनुभएका प्रा.डा. रिजाल त्रिविवि कै वातावरण विज्ञान विभागका प्राध्यापक हुनुहुन्छ भने प्रा.डा केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत हुनुहुन्थ्यो ।