फाइल तस्वीरः संसद बैठकमा बोल्दै सांसद प्रभु साह ।


काठमाडौँ — आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् सांसद् प्रभु साहले सङ्क्रमणणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक र संवैधानिक परिषद्लगायतका विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आज बुधबार बसेको बैठकमा बोल्दै सांसद साहले आपत्ति प्रकट गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने क्रममा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक परिषद् लगायतका विधेयकलाई उच्च प्राथमिकता दिएर छिट्टै पारित गर्ने बताउनु भएता पनि सङ्क्रमणणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक र संवैधानिक परिषद्लगायतका विधेयकलाई सरकारले प्राथमिकता नदिएको भनि भन्दै आपत्ति जनाएका छन् ।

बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् साहले प्रधानमन्त्री आफैले उक्त टिआरसी विधेयकसहित अन्य विधेयकहरु प्राथमिकतामा राखेको छु भनेर घोषणा गर्नुभएको कुरालाई स्मरण गराउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । बैठकमा बौल्दै स्वतन्त्र सांसद साहले गत निर्वाचन पछि बसेको संसदको तीन वटा अधिवेशनमा संसद्ले खासै विजनेश नपाएको पनि बताउनुभयो ।

सांसद साहले भन्नुभयो — ‘तीन वटा अधिवेशनमा अहिलेसम्म हामीले चार वटा विधेयक मात्रै पास गरेका छौँ । त्यो पनि केही दफा संशोधनको निम्ति आएको विधेयक पारित ग¥यौँ । त्यो पनि राष्ट्रिय सभाबाट विगतकै अवधिमा उत्पत्ति भएका विधेयकहरू पारित ग¥यौँ । यही सुनाउन जाने जनतामा ? एक वर्षको ३ अधिवेशनमा चार वटा विधेयक पारित ग–यौँ भनेर सुनाउन जाने ?’

संसद् सचिवालयमा १९ वटा विधेयक ल्याएको दर्ता भएका थिए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, संवैधानिक परिषदसँग सम्बन्धित विधेयक जस्ता महत्वपूर्ण विधेयक उच्च प्राथमिकताका छन् ।

सांसद् साहले बैठकमा ‘उक्त विधेयकहरू कहाँ छन ? जनतालाई हामीले के भन्ने । के हामीले यो संसदलाई साँच्चनै प्रभावकारी बनाईराखेका छौँ ? सांसदलाई हामीले स्वकीय सचिव दिइराखेका छौँ ?’ भनि प्रश्न गर्दै सांसदहरूले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताव र विशेष प्रस्तावलाई समेत संसदले महत्त्व नदिएको गुनासो समेत गर्नुभएको थियो ।