फाइल तस्वीर
भैरहवा — नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी निर्माणमा सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले भैरहवामा आज बुधबार आयोजित नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा बोल्नु हुँदै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न निर्देशन दिनुभएको हो ।

काङ्ग्रेसमाथि अहिले धेरै चुनौती थपिएको उल्लेख गर्नुहुँदै सभापति देउवाले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गर्दै नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न पनि निर्देशन दिनुभयो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

नेपाली काङग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गर्नुभएको थियो ।