काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

हिजो सोमबार प्रतितोला एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा आजका लागि भने एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन ।