प्रतिकात्मक तस्वीर
काठमाडौँ — ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा मृत्यु भएकाको पहिचान छ । काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभएको हो ।

मृतकका परिवारले उनको शव पहिचान गरेका हुन् । पहरी सोही कारखानामा काम गर्नुहुन्थ्यो । आगलागीबाट १० लाख बढीको क्षति भएको प्रवक्ता सुवेदीले बताउनुभयो । विद्युत् चुहिएर आगलागी भएको हो । आगलागीबाट सोफा तथा तिनलाई बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट भएको छ ।