काठमाडौँ — गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ र घटनाबारे अनुसन्धान भइरहेको बताइउको छ ।

उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।