काठमाडौँ — प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले बैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले एक सूचना जारी गर्दै बैशाख ७ गतेदेखि जेठ ५ गतेसम्मका लागि तय गरेको सबै लिखित परीक्षाहरू स्थगित गरेको हो ।

आयोगको अध्यक्ष र सदस्य पद रिक्त रहेकाले आयोग अपूर्ण अवस्थामा हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।