फाइल तस्वीर
काठमाडौँ —सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा आज बुधबार दिउँसो १ः१५ बजेका लागि बोलाइएको हो ।

आज बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूची रहेको छ । साथै आजको बैठकमा अध्यक्ष दाहालले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्र्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन (मिति) तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

r4564646