काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामति सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भवित कार्यसूची छ ।


त्यसैगरी आजको प्रतिनिधिसभा बैठकमा कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।