काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएर समयमा काम सम्पन्न नगरेको भन्दै केही २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज बुधबार सूचना जारी गर्दै तोकिएको समयमा सम्पन्न नगर्ने २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको सूचना अनुसार समयमै काम सम्पन्न नगर्ने कम्पनीलाई विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको उल्लेख छ ।

कालोसूचीमा राखिएका व्यवसायी आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

kalosuchi