काठमाडौँ– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन रिट जारी गरेको छ । आज सोमबार न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुरा भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याएको भए सम्बन्धन दिन आदेश गरेको छ । प्रसाईँले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

दुर्गा प्रसाईँको लगानीमा रहेको बिएण्डसी मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी मुद्दा दायर गरेको थियो । सर्वोच्च अदालतले निवेदककै पक्षमा रिट जारी गरेकाले अब उक्त कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।