काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज सोमबार नै राज्यमन्त्रीमा नियुक्त गर्नुभएसँगै नवनियुक्त राज्यमन्त्री कार्कीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।


नवनियुक्त राज्यमन्त्री कार्कीलाई प्रधानमन्त्री प्रचण्डले राज्यमन्त्रीको शपथ ग्रहण गराउनुभएको हो । कार्कीले आज सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएर कार्यभार पनि सम्हाल्नुभएको छ ।