काठमाडौँ — नेपाली काङ्ग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ । काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गर्नुभएको हो ।

नेपाली काङ्ग्रेस संसदीय दलका अनुसार रोकाय कर्णाली प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको हो ।