ललितपुर — ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान चोक वर्षौँ पहिलेदेखि कामदार पाइने ठाउँको रुपमा परिचित छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु यतिबेला महालक्ष्मीस्थान चोकमा कामको प्रतिक्षामा बसिरहेका भेटिन्छन् ।

दैनिक करिब दुई सय कामदार कामको खोजीमा उक्त चोकमा बसिरहेका भेटिन्छन् । कामको खोजीमा निस्केका उनीहरुलाई पहिलेको जस्तो काम नपाएपछि जीविका कसरी चलाउने भन्ने चिन्ताले हिजोआज पिरोल्न थालेको छ । 

महालक्ष्मी चोकमा कामको खोजीमा बसेका उनीहरु मोटरसाइक रोकेका व्यक्तिलाई “कामदार चाहिएको हो सर ?” भनेर सोध्छन् । काम पाउने वित्तिकै काम गर्न को जाने भन्ने विषयमा हानथाप हुन्छ । दिनभरी कामको पर्खाइमा रहेका उनीहरु बिहान ७ बजेदेखि राति १२ बजेसम्म बस्छन् । काम नपाएपछि निराश भएर कोठा फर्किन्छन् । 

महोत्तरीको बर्दिवास घर भएका ३८ वर्षीय पवन दासले महालक्ष्मीस्थान चोकमा काम खोजेर मजदुरी गर्न थालेका २३ वर्ष भएको बताउनुभयो । पहिलेको जस्तो काम पाउन छोडेको भन्दै उहाँले अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको बताउनुभयो । “कोरोना महामारीपछि काम पाउँनै छोडेको छ । पाए पनि धेरै कम पाइन्छ । कोठाभाडा तिर्न र परिवारको खर्च धान्न समेत समस्या भइरहेको छ ।”

भोजपुर जिल्ला तिवारी भञ्ज्याङ गाउँपालिका घर भएका ४९ वर्षीय मोहन कार्कीले उक्त चोकमा काम खोज्न थालेको १८ वर्ष बित्यो । अहिले काम पाउन छोडेपछि कसरी दैनिकी चलाउने भन्ने चिन्ता लाग्ने थालेको उहाँको भनाइ छ । कामदारको भीडमा काम खोजिरहेका कार्कीले काम नपाएको दुःखेसो पोख्नुभयो ।  

“कोभिड अघि काम पाउँथ्यो । सबै परिवार काठमाडौँमा बस्थियौँ । अहिले काम नपाएपछि परिवारलाई गाउँ पठाएको छु । मजदुरी गरेर कमाएको पैसा गाउँ पठाउँछु । अहिले काम नपाएपछि गाउँ पठाउने पैसा पनि छैन”, उहाँले भन्नुभयो ।

कामको खोजीमा रहेका कामदारको ठेकदारले पैसा ठगेको गुनासो गरेका छन् । उनीहरु भन्छन्, “ठेकदारले हामीलाई काम लगाउँछ । महिनादिन काम गरेको ज्याला कुनै ठेकदारले दिदैँनन् । साहुबाट रकम लिएर आफूले खर्च गर्छन्, हामीलाई दिन्छु भन्दै ठगिदिन्छ । हामी बोल्न सक्दैनौँ, यसरी हाम्रो परिश्रम खेर जान्छ ।” 

सप्तरीको लहान घर भएका ४० वर्षीय हरि मण्डल महालक्ष्मी चोकमा काम खोज्न लागेको २५ वर्ष भएको बताउँछन् । उहाँले २५ वर्षसम्म आफूले परिश्रम गरेको पैसा धेरैले ठगेको दुःखेसो गर्नुभयो । अहिले पहिलाको जस्तो काम नपाइएको उहाँले अनुभव सुनाउनुभयो ।  

गोरखाका ५५ वर्षीय रामबहादुर विकको यस चोकमा काम खोज्न लागेको २० वर्ष भएको छ । काम खोज्दाखोज्दैँ दिन बितेपछि बेलुकापख कोठामा गएर कसरी जीविका चलाउने भन्ने चिन्ता लाग्ने गरेको उहाँले बताउनुभयो । “कोठा भाडा नतिरेको धेरै भइसक्यो । कामदार खोज्नको लागि मान्छे आउँदैनन् । हामी दिनभरी कामको खोजीमा बस्छौँ”, उहाँले भन्नुभयो ।

ललितपुरको महालक्ष्मीस्थान चोकमा कामको खोजीमा बसेका अरु मजदुरहरुको पनि पीर एउटै छ । “काम नपाएपछि कसरी जीविकोपार्जन गर्ने ? कसरी कोठा भाडा तिर्ने ? चोकमा बसेर दिनभरी काम खोज्नेमा देशका विभिन्न जिल्लाका युवादेखि ६० वर्ष उमेर समूहका भेटिन्छन् ।  

प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले आयोगले आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनभित्र रहेर आफ्ना गतिविधि प्रभावकारीरुपमा अगाडि बढाउन सुझाव दिनुभयो । 

“लोकसेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजका मितिसम्म पनि कायमै राख्न सफल भएकामा त्यसप्रति धन्यवाद व्यक्त गर्छु, अबका दिनमा पनि आयोग अझ बढी प्रभावकारीरुपमा अगाडि बढ्नुपर्छ”, प्रदेश प्रमुख भट्टले भन्नुभयो, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै उहाँले आयोगले आफ्ना कामकारबाही दु्रत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशीनेक्रम अत्याधिक भएका कारण रिक्त पदको आयोगले छिटो परीक्षा सञ्चालन गरी उनीहरुलाई नेपालमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्ने उहाँले बताउनुभयो । 

नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटकपटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेको प्रतिचिन्ता व्यक्त गर्नुभयो । यहाँका राजनीतिक दलले मुलुकलाई कसरी राजनीतिक स्थिरतातर्फ लैजान सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी भएको उहाँले बताउनुभयो । 

प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले लोकसेवा आयोगको निष्पक्षता, गोपनीयता र जनविश्वास मर्न दिन नहुने बताउनुभयो । लोकसेवा आयोग देशको स्थायी सरकार भएकाले यसले आफ्नो गरिमालाई कायमै राख्दै अझ बढी प्रभावकारिता बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

उच्च अदालत पोखराका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले आयोगले स्थापनाकालदेखि नै आफ्नो निष्पक्षता, स्वच्छता र योग्यतालाई कायमै राख्दै अगाडि बढेको प्रति खुसी व्यक्त गर्दै अबका दिनमा पनि आयोगले आफ्नो प्रभावकारिता र जनाविश्वास कायमै राख्नुपर्नेमा जोड दिनुभयो । 

लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगले गरेको आफ्ना कामकारबाहीका बारेमा प्रकाश पारिएको थियो । उक्त अवसरमा आयोगद्वारा आफ्नो तेस्रो वार्षिकोत्सवमा प्रकाशित स्मारिकाको विमोचनसमेत गरिएको थियो ।