फाइल तस्वीर

काठमाडौँ — थाइल्याण्ड र म्यान्मारको सीमा क्षेत्र म्यावड्डीमा अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । थाइल्याण्ड र म्यानमारको सीमानजिक लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको हो ।

म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका ती नेपालीहरुलाई उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बैंककस्थित राजदूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा ती नेपालीको उद्धार गरेको उल्लेख गरिएको छ ।

शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्याण्डको मेइसोटतर्फ ल्याईएको र त्यहाँबाट नेपाल वायुसेवा निगमको जहाजबाट नेपाल पठाएको नेपाली दूतावासले जनाएको छ ।