फाइल तस्वीर
काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ । बैठक चैत ११ गते आइतबार ११:३० बजेका लागि बोलाइएको हो ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा देशको समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।