फाइल तस्वीरः समाजवादी मोर्चाको बैठक ।
काठमाडौँ — चार दलीय समाजवादी मोर्चाको बैठक छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान उक्त मोर्चाको बैठक बसेको हो ।

बैठमा देशको पछिल्लो राजनीतिक घटनाक्रम र मोर्चाका आगामी गतिविधिबारे छलफल भएको बताइएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

मोर्चाको नेतृत्व नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्नुभएको छ । हिजो बिहीबार बेलुका मात्रै मोर्चाको नेतृत्वकर्ता विप्लवले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर देशको समसामयिक विषय र मोर्चाको सन्दर्भमा छलफल गर्नुभएको थियो ।