अत्तरिया — राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताउनुभएको छ ।

आज धनगढीमा आयोजित पत्रकार भेटमा उहाँले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहो¥याउनुभयो । “थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएनौँ ।  अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,” उहाँले भन्नुभयो, “यो देश सबै नेपालीको हो । सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ ।”