काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका काठमाडौँको प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले गुरुङलाई १५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फागुन १३ गते सामाखुसीबाट पक्राउ गरेको गुरुङलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौँले रिहा गर्न आदेश दिएपछि उनी धरौटीमा छुटेका हुन् ।