प्रतिकात्मक तस्वीर
अर्घाखाँची — अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर २ सितापुर झिर्रामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएकी छन् । घर लिप्ने माटो लिन गएका महिलाहरुमध्ये दुई जना माटोको ढिस्कोमा पुरिएका हुन् ।

उक्त घटनामा परी मृत्यु हुने शितगङ्गा–२ झिर्रा निवासी ४० वर्षीय शारदा अधिकारी रहेको प्रहरीले जनाएको छ । उनीसँगै पुरिएकी ३८ वर्षीया राधा अधिकारीको अवस्था गम्भीर छ ।

माटोको ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी राधालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।