काठमाडौँ — नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु आठ सय बढेर प्रतितोला एक लाख २५ हजार आठ सय कायम भएको हो ।

त्यसैगरी आज तेजावी सुनको मूल्य पनि प्रतितोला आठ सय रुपैयाँले वृद्धि भई प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार थियो भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार चार सय थियो ।

यस्तै, आज चाँदीको पनि प्रतितोला ५० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।