फाइल तस्वीर
काठमाडौँ — आज मुलुकभरको मौसम सामान्यतया केही ठाउँमा आंशिक बदली हुने र अन्य भागमा सफा रहने छ । देशका पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत केही पहाडी भू–भागमा आंशिक बदली भएको र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ