प्रतिनिधिसभा बैठकमा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ।


काठमाडौँ — जनमत पार्टीका अध्यक्ष एवं सांसद डा चन्द्रकान्त (सिके) राउतले जनआकाङ्क्क्षा अनुरुप मुलुकमा आर्थिक सुशासनसहितको विकास र समृद्धिलाई साकार पार्न सरकार र राजनीतिक दल गम्भीर हुनुपर्ने कुरामा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै सांसद सिके राउतले सरकार र राजनीतिक दलहरुलाई गम्भीर हुन आग्रह गर्नुभएको हो ।

गठबन्धन सरकारको फेरबदलले जनताका समस्या सम्बोधन गर्न नसक्ने दाबी गर्दै जपाका अध्यक्ष राउतले देश र जनताको हितमा प्रभावकारी काम गर्न सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा बताउनुभएको छ ।

पटक–पटक गठबन्धन बन्ने र भत्कने अवस्थाले जनतालाई फाइदा नपुग्ने उल्लेख गर्दै जनताले राजनीतिक दल र नेताहरुलाई दिएको विश्वासको मत बचाउन कठिन भइरहेको अवस्थामा राजनीतिक प्रणालीमाथिको जनविश्वास अभिवृद्धि गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने खाँचो अध्यक्ष राउतले औंल्याउनुभयो ।

अध्यक्ष राउतले भन्नुभयो, “हामी राजनीतिक कारणले वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्न सक्दैनौँ तर सफलताको शुभकामना भने दिन्छौँ ।”