प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ।
काठमाडौँ — गठबन्धन सरकारको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधिसभाको बैठकमा आह्वान गर्नुभएको छ । संसदमा बोल्ने क्रममा एमाले संसदीय दलका नेता ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै नेपाली काङ्ग्रेसले समर्थन गर्नुपर्ने बताउनुभएको हो ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो — ‘प्रधानमन्त्रीले नयाँ समीकरण बनाउनु परेको कारण बारे भन्नुभएको कुरा चित्तबुझ्दा छन् । म समर्थनबाट सुरु गर्छु । पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली काङ्ग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो । अहिले चाहिँ किन समर्थन नगर्ने ?’

‘उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले समर्थन गर्न किन नहुने’ भन्नुहुँदै एमाले अध्यक्ष ओली ‘पोहोर पनि नेपाली काङ्ग्रेस त्यतिबेला सरकारमा थिएन । भित्रभित्रै के थियो थाहा छैन । समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ ।’